site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजालाई गाली गरेर सत्तामा टिकिरहन्छु भन्ने भ्रम नपाल्नुस् : लिङदेन
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजालाई गाली गरेर सत्तामा टिकिरहन्छु भन्ने भ्रम नपाल्न आग्रह गरेका छन् । बिहीबार अमेरिका भ्रमणमा जानुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

उनले ‘परिवर्तन ल्याएँ, परिवर्तनको संवाहक हुँ’ भन्ने दलहरूले राम्रो काम गरेर देखाउन नसकेको टिप्पणी गरे । चाडपर्व सकिएसँगै राप्रपाले जनदबाबका कार्यक्रम अघि बढाउने उनले बताए ।

जनआन्दोलनका निम्ति पार्टीले तयारी तीव्र बनाएको उनको भनाइ छ । “राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यही आन्दोलनको पूर्वाधार निर्माण गर्ने क्रममा छ । प्रवासमा पनि भ्रमण तीव्र बनाइरहेका छौँ । जनआन्दोलन, जनदबाब सिर्जना गर्ने कार्यक्रम गरिरहेका छौँ । तयारी तीव्र रूपमा चलिरहेको छ । दसैँ, तिहार र छठ सकिनासाथ केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर जनदबाबका कार्यक्रम तय गर्नेछ,” उनले भने, “देशको अहिलेको बिग्रँदो अवस्थाप्रति चिन्ता व्यक्त गर्ने राजालाई गाली गर्नुको बदला अहिलेको परिवर्तन ल्याएँ, परिवर्तनको संवाहक हुँ भन्ने दलहरूले राम्रो गरेर देखाउनुपर्छ । राजालाई गाली गरेर अब पनि सत्तामा टिकिरहन्छु भन्ने दिन गयो ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro