site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
गाजामा चरम संकट, इजरायलका प्रधानमन्त्रीले भने– यो सुरुवात मात्रै हो
Sarbottam CementSarbottam Cement

काठमाडौं । गाजामा काम गर्ने संयुक्त राष्ट्र संघको मुख्य एजेन्सीले इन्धनको अभावका कारण गम्भीर मानवीय संकट चुलिएको र केही घण्टाभित्रै आफूले काम गर्न नसक्ने बताएको छ ।

युरोपेली संघका एक वरिष्ठ कूटनीतिज्ञले यस हप्ताको युरोपेली परिषद्को बैठकमा गाजामा सहायतालाई पहुँच दिने स्थिति बनाउन आवश्यक रहेको बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तोमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा जमिन कब्जासहित आक्रमणको तयारी भइरहेको फेरि दोहोर्‍याएका  छन् । तर, उनले कहिले हुन्छ भन्ने मिति भने खुलासा गरेका छैनन् ।

गाजामा इजरायलको आक्रमणमा ६५०० भन्दा बढी मानिसको ज्यान गइसकेको छ । यसबीच तेल अभिभबाट एक टेलिभिजन सम्बोधन गर्दै नेतन्याहुले ‘यो सुरुवात मात्र हो’ भन्दै चेतावनी दिएका छन् ।

Global Ime bank

अमेरिकी सैन्य सल्लाहकारले इजरायललाई भूमि आक्रमण नगर्न आग्रह गरिरहेका छन् ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलमा हमासले अक्टोबर ७ मा गरेको हमला बिना कारण नभएको भन्ने टिप्पणीलाई इजरायलले गलतढंगले चित्रण गरेको बताएका छन् ।

७ अक्टोबरमा हमासले गरेको आक्रमणमा इजरायलमा १४०० भन्दा बढीको ज्यान गएको बताइएको छ । हमासले २०० जनालाई अझै बन्दक बनाएर राखेको जनाइएको छ ।

उता इजरायली वेस्ट बैंकतर्फ पनि आक्रमण बढाएको र ७ अक्टोबरयता १४०० भन्दा बढी प्यालेस्टाइनीहरुलाई कब्जामा राखेको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  ११:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement