बाह्रखरी फोटो
काठमाडौं । भक्तपुर दरबार क्षेत्रमा बुधबार दिउँसो पर्यटकको निकै चहलपहल देखियो । सार्वजनिक बिदा र चाडपर्वको समयमा भक्तपुरमा तुलनात्मक रूपमा आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति देखिन्छ ।
बडादसैँको बिदाका बेला घुमघाम गर्न आन्तरिक पर्यटक उल्लेख्य संख्यामा भक्तपुर दरबार पुगेका हुन् । यस्तै, भारत र अरू देशका पर्यटक दरबार क्षेत्र घुम्न आएका देखियो ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८० १९:२४
प्रतिक्रिया दिनुहोस्