site stats
बाह्रखरी :: Baahrakhari
देश
सुरक्षाकर्मी परिचालन गरेर दुर्गा मूर्ति विसर्जन
महोत्तरीको जलेश्वर नगरपालिका–२, महेन्द्रचोकमा निर्मित दुर्गाभवानीको मूर्ति बुधबार विसर्जनका लागि लगिँदै । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस ।

मलंगवा । सर्लाही सदरमुकाम मलंगवामा बुधबार व्यापक सुरक्षाकर्मी परिचालन गरेर दुर्गा माताको मूर्ति विर्सजन गरिएको छ ।

विगतमा मूर्ति विर्सजन गर्न जाने क्रममा दुई समुदायबीच मलंगवामा विवाद उत्पन भई साम्प्रदायिक दंगा भड्किएपछि बुधबार विशेष सुरक्षा व्यवस्था अपनाएर मूर्ति विसर्जन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।

Argakhachi Cement Island Ad

यो वर्ष मलंगवासहित सर्लाहीमा ६५ ठाउँमा दुर्गा माताको मूर्ति बनाएर पूजा आयोजना गरिएको उनले बताए । मूर्ति विसर्जनमा यो वर्ष सर्वसाधारणको सहभागिता घटेको थियो ।

यसअघि, मलंगवामा विश्वकर्मा पूजा र गणेश पूजामा मूर्ति विसर्जन गर्न जाँदा दुई समुदायबीच झडप भई कर्फ्यु आदेश नै जारी गर्नुपरेको थियो । रासस

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्