site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैतडीमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्युु
प्रतीकात्मक तस्बिर ।

बैतडी । बैतडीमा छुट्टाछुट्टै घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

पाटन नगरपालिका–५ का ओदालीका ३२ वर्षीय रामबहादुर चन्द मंगलबार मृत भेटिएका छन् । चन्द पाटन–मेलौली सडकखण्डको पाटन नगरपालिका–५, कद्वारस्थित भीरबाट २०० मिटर तल मृत भेटिएका हुन् ।

सोमबार साँझ घरबाट कद्वार जान भनी निस्किएका रामबहादुर मंगलबार दिउँसो मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । भीरबाट लडेर चन्दको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

यस्तै, भीरबाट लडेर पाटन नगरपालिका–४, कुणीका ५० वर्षीय वीरसिंह विष्टको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–२ स्थित निङलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किएका विष्ट घरनजिकै रहेको लिसान्गड भीरबाट लडेका थिए ।

भीरबाट लडेर गम्भीर घाइते भएका विष्टलाई उपचारका निम्ति धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  २१:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro