site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशमा दुई रेल ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु

ढाका । बंगलादेशमा सोमबार दुई रेल एकापसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । बंगलादेशको किशोरगन्ज जिल्लामा दुर्घटना भएको जिल्ला अतिरिक्त प्रहरी उपरीक्षक मोस्ताक सरकारले जानकारी दिए ।

बन्दरगाह सहर चट्टोग्रामतर्फ गइरहेको कन्टेनर रेल दिउँसो करिब साढे ३ बजे ढाका गइरहेको एगरोसिन्धुर एक्सप्रेससँग ठोक्किएको थियो ।

Dabur Nepal
NIC Asia

“भग्नावशेषबाट अहिलेसम्म १५ वटा शव बाहिर निकालिएको छ,” सरकारले भने ।

उनका अनुसार दुर्घटनामा एगरोसिन्धुर एक्सप्रेसका कैयौँ डिब्बा पल्टँदा करिब १०० जना घाइते भएका छन् । उनले मृत्यु हुनेको संख्या अझै बढ्ने आशंका गरे ।

अधिकारीहरूका अनुसार जीवित अधिकांश यात्रीलाई चोट लागेको छ । उनीहरूलाई अस्पताल पुर्‍याइएको छ । अग्निनियन्त्रकसँगै सयौँ स्वयंसेवक र स्थानीय बासिन्दा भग्नावशेषमा फसेका मानिसलाई बचाउन सक्रिय भएका थिए । रासस/सिन्ह्वा

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  १९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro