site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लेबनान–इजरायली सीमामा युद्ध जारी, गाजालाई आधा मिलियन डलरभन्दा बढी सहयोग
SkywellSkywell

काठमाडौं । इजरायलले शनिबार माथिल्लो गलिलीमा रहेको इजरायली बस्तीमा गरिएको मिलाइल आक्रमणको बदला लिन दक्षिणी लेबनानका गाउँहरूमा आक्रमण गरिरहेको छ । दक्षिणी लेबनानी गाउँहरू यारुन र बिन्ट जबेलको बाहिरी भागमा अहिले आक्रमण जारी रहेको समाचारमा उल्लेख छ । 

इजरायलको आक्रमणका कारण दक्षिणी लेबनानी गाउँहरु आल्मा अल शाब राम्या, अल धाहिरा र अल लाबोनेहलाई लक्षित गरी आक्रमण गरेको थियो । यसैबीच इजरायली रक्षा बलले सामाजिक सञ्जारल ट्विटर (एक्स)मा लेबनानको सशस्त्र समूह हिजबुल्लाहमा आक्रमण गरेको स्वीकार गरेको छ ।

KFC Island Ad
NIC Asia

आक्रमणका कारण हालसम्म १५ सयभन्दा बढी लेबनानी विस्थापित भएका छन् ।

यसैबीच, अरब लिगका सहायक महासचिव हाइफा अबु गजालेहले अरब लिगले गाजालाई प्रदान गरेको सहायता रकम आधा मिलियन डलरभन्दा बढी रहेको बताएका छन् । आइतबार पत्रकार सम्मेलनमा उनले गाजामा प्रवेश गर्ने मानवीय सहायताका ३० वटा ट्रक केही दिनका लागि मात्र पर्याप्त रहेको बताए । अरब लिगले स्ट्रिपका बासिन्दाहरूले अनुभव गरिरहेको कठिन परिस्थितिलाई ध्यानमा राख्दै त्यो संख्या बढाउन खोजिरहेको उनले बताए । 

Royal Enfield Island Ad

स्वास्थ्य र मानवीय सहायता विभागको माध्यमबाट सहयोग गरिरहेको उनको भनाइ छ । 

यता, इजरायलको हवाई आक्रमणबाट गाजापट्टीका ५० प्रतिशत आवासीय संरचनाहरु ध्वस्त भएका छन् । इजरायलले जानीजानी आवासीय भवनमा आक्रमण गरेको प्यालेस्टाइनी अधिकारीहरुको भनाइ छ ।

इजरायली हवाई आक्रमणका कारण १ लाख ६५ हजारभन्दा बढी आवासीय भवनहरु ध्वस्त भएका छन् । लगभग २० हजार घर पूर्णरुपमा क्षति भएका छन् । ७० प्रतिशत स्थानीय घरबाट विस्थापित भएका छन् ।

सिन्ह्वाको सहयोगमा तयार पारिएको समाचार सामग्री ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  ०९:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro