site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आरके नेतृत्वको एनआरएनए कार्यसमिति पुग्यो बालुवाटार, नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह 

काठमाडौं । गैरआवासीय नेपाल संघ (एनआरएनए)मा समानान्तर कमिटी घोषणा गरेको राजकुमार शर्मा (आरके) नेतृत्वको कार्यसमितिले  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डले शर्मा नेतृत्वको कार्यसमितिलाई बधाई दिएका छन् । उनले नेपालको आर्थिक विकास र समृद्धिमा गैरआवासीय नेपालीको भूमिका आवश्यक भएको बताए । यसका लागि सरकार सहजीकरण गर्न तयार रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । नेपालमा लगानीको थुप्रै अवसर भएको भन्दै प्रधानमन्त्री प्रचण्डले लगानी गर्न आग्रह गरे । 

प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयक कार्यान्वयन आएको स्मरण गर्दै आगामी दिनमा विदेशबाट मत दिन पाउने व्यवस्था पनि गरिने प्रतिबद्धता जनाए ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  ०९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro