काठमाडौं । इजरायली सेनाले वेस्ट बैंकको मस्जिदमा रहेको हमासको सेल्टरमा आक्रमण गरेको छ । इजरायली सेनाले आफ्नो हमलालाई तीव्र पार्ने भन्दै गाजाका मानिसलाई दक्षिणबाट भाग्न चेतावनी दिएपछि यो हमला भएको हो ।
यो आक्रमणले इजरायललाई युद्धको अर्को चरणमा आफ्नो सेनालाई जोखिम कम गर्न मद्दत गर्ने बताइएको छ ।
इजरायलले गाजासँगको सीमामा ट्यांक र सेना जम्मा गरेको छ । भूमि आक्रमणको तयारी गरे पनि इजरायलले समय भने तोकेको छैन ।
गाजामा आक्रमण सुरु भएयता पहिलो पटक हिजो सहायता आपूर्ति भएको छ । संयुक्त राष्ट्र संघले त्यहाँ थप आपूर्ति गर्ने अपेक्षा गरेको छ ।
यसैबीच, अमेरिकाले मध्यपूर्वमा थप क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र सेना तैनाथ गर्ने तयारी गरिरहेको छ । हमासले इजरायलमा आक्रमण गरेको दुई हप्ता भइसकेको छ । हमासको आक्रमणमा इजरायलमा ज्यान गुमाउनेको संख्या १ हजार ४०० रहको छ । गाजामा इजरायलको जारी आक्रमणमा ४ हजार ३०० भन्दा बढीको ज्यान गइसकेको छ । हजारौंको संख्यामा मानिस घाइते भएका छन् । बीबीसी