site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईसीसी एकदिवसीय विश्वकप : श्रीलंकाको पहिलाे जित
SkywellSkywell

काठमाडौं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा श्रीलंकाले पहिलो जित निकालेको छ । शनिबार सम्पन्न खेलमा श्रीलंकाले नेदरल्यान्ड्सलाई पाँच विकेटले हराएको हो ।

भारतको लखनउस्थित एकाना क्रिकेट रंगशालामा भएको खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको २६३ रनको लक्ष्य श्रीलंकाले ४८.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाको जितमा सदिरा समाविक्रमाले अविजित ९१ रन बनाए । उनले १०७ बलमा सात चौका प्रहार गरे । पथुम निसान्काले ५१ रन थपे । चरिथ असलन्काले ४४ र धनन्जय डी सिल्भाले ११ रन जोडे । नेदरल्यान्ड्सका आर्यन दत्तले तीन विकेट लिए । पाउल भान मिकेरेन र कोलिन अकरमनले समान एक विकेट लिए ।

KFC Island Ad
NIC Asia

त्यसअघि टस जितेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले ४९.४ ओभरमा सबै विकेट गुमाएर २६२ रनको योगफल खडा गरेको थियो । नेदरल्यान्ड्सका साइब्रान्ड एन्जलब्रेटले ७० रन बनाएका थिए । लोगन भान विकले ५९ रन थपे । कोलिन अकरमनले २९ रन बनाउँदा म्याक्स ओडाउड र कप्तान स्कट एडवार्डले समान १६ रन जोडे । श्रीलंकाका कासुन रजिथा र दिल्सान मदुसन्काले समान चार विकेट लिए । महिष थिक्षणाले एक विकेट हात पारे ।

प्रतियोगितामा पहिलो जित निकालेको श्रीलंका चार खेलबाट दुई अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ । समान अंक जोडेको नेदरल्यान्ड्स तालिकाको सातौं स्थानमा छ ।

शनिबार नै भएको अर्को खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डविरुद्ध २२९ रनको फराकिलो जित निकालेको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ४०० रनको लक्ष्य पछ्याउने क्रममा इङ्ल्यान्ड २२ ओभरमा १७० रनमै समेटियो । जितसँगै चार खेलबाट ६ अंक जोडेको दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । चार खेलबाट दुई अंक जोडेको इङ्ल्यान्ड तालिकाको आठौं स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro