site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईसीसी एकदिवसीय विश्वकप : पाकिस्तानको दोस्रो हार
SkywellSkywell

काठमाडौं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले दोस्रो हार बेहोरेको छ । पाकिस्तानले शुक्रबार भएको खेलमा अस्ट्रेलियासँग ६२ रनको हार बेहोरेको हो ।

भारतको चेन्नाईस्थित एमए चिदम्बरम रंगशालामा सम्पन्न खेलमा अस्ट्रेलियाले प्रस्तुत गरेको ३६८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४५.३ ओभरमा सबै विकेट गुमाएर ३०५ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका ओपनरद्वय इमाम उल हक र अब्दुल्लाह सफिकले क्रमशः ७० र ६४ रन बनाए पनि टिमको हार टार्न सकेनन् । यी दुईले पहिलो विकेटका लागि १३४ रनको साझेदारी गर्दै पाकिस्तानलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । तर, यसपछिका अन्य ब्याटरले सम्हालिएर प्रदर्शन गर्न नसक्दा पाकिस्तान लक्ष्यसम्म पुग्न सकेन ।

KFC Island Ad
NIC Asia

मोहम्मद रिजवानले ४६, साउद साकिलले ३०, इफ्तिखर अहमेदले २६, कप्तान बाबर आजमले १८, मोहम्मद नवाजले १४ र साहिन साह अफ्रिदीले १० रन जोडे ।

अस्ट्रेलियाका एडम जाम्पाले चार विकेट लिए । प्याट कुमिन्स र मार्कुस स्टोइनिसले समान दुई विकेट लिए । यस्तै, मिचेल स्टार्क र जस हेजलउडले एक-एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा आएको अस्ट्रेलियाले निर्धारित ओभरमा नौ विकेट गुमाएर ३६७ रनको योगफल खडा गरेको थियो ।

अस्ट्रेलियाका ओपनरद्वय डेविड वार्नर र मिचेल मार्सले क्रमशः १६३ र १२१ रन बनाएका थिए । यी दुईले पहिलो विकेटका लागि २५९ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।

मार्कुस स्टोइनिसले २१ र जस इङ्लिसले १३ रन बनाए ।

पाकिस्तानका साहिन साह अफ्रिदीले पाँच विकेट लिएका थिए । ह्यारिस रौफले तीन र उसमा मिरले एक विकेट लिए ।

जितसँगै चार खेलबाट चार अंक जोडेको अस्ट्रेलिया तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक नै जोडेको पाकिस्तान तालिकाको पाँचौँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  २२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro