site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै, नेपाल भित्रने रेमिट्यान्स बढ्दै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । नेपाल भित्रने रेमिट्यान्स बढेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिको तुलानामा वैदेशिक रोजगारीमा जानेको संख्या घट्दो र नेपाल भित्रने रेमिट्यान्स बढ्दो क्रममा रहेको पाइएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा श्रम स्वीकृति लिएर एक लाख ६२ हजार ६९४ जना वैदेशिक रोजगारीमा गएका छन् । यसरी वैदेशिक रोजगारीमा जानेमा एक लाख ४१ हजार ४४५ जना पुरुष छन् । २१ हजार २४९ महिला छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर दुई लाख दुई हजार १४८ जना वैदेशिक रोजगारीमा गएका थिए । यसरी जानेमा पुरुष एक लाख ८२ हजार ९७७ र महिलाको संख्या १९ हजार १७१ थियो ।

सोको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा ३९ हजार ४५४ ले कमी आएको छ ।

Global Ime bank

विभागका अनुसार ०८० साल साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४ र असोजमा ५६ हजार २३५ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

०७९ साउनमा ६३ हजार ३९, भदौमा ७६ हजार ४०३ र असोजमा ६२ हजार ७०६ जना वैदेशिक रोजगारीमा गएका थिए ।

नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि वैदेशिक रोजगारीबाट नेपाल भित्रने रेमिट्यान्स बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिना (साउन र भदौ)मा दुई खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा नेपाल भित्रिएको रेमिट्यान्समा २२.१ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा एक खर्ब ८७ अर्ब चार करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा २०७९/८० मा नेपाल भित्रिएको रेमिट्यान्समा १९.८ प्रतिशतले वृद्धि भएको थियो ।

सोको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा ४१ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको देखिन्छ ।

राष्ट्र बैंकका अनुसार ०८० साउनमा एक खर्ब १६ अर्ब दुई करोड रुपैयाँ र भदौमा एक खर्ब १२ अर्ब ३५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० को साउनमा ९२ अर्ब २१ करोड रुपैयाँ र भदौमा ९४ अर्ब ८३ करोड रुपैयाँ रेमिट्यान्स वैदेशिक रोजगारीमा गएकाले नेपाल पठाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !