site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईसीसी एकदिवसीय विश्वकप : भारतको लगातार चौथो जित
SkywellSkywell

काठमाडौं । घरेलु टिम भारतले आईसीसी एकदिवसीय विश्वकपमा आफ्नो अपराजित यात्रालाई चौथो खेलसम्म लम्ब्याएको छ । भारतले बिहीबार सम्पन्न खेलमा बंगालदेशलाई सात विकेटले स्तब्ध बनाउँदै प्रतियोगितामा आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म पनि जारी राखेको हो ।

पुनेस्थित महाराष्ट्र क्रिकेट संघ रंगशालामा बंगलादेशले प्रस्तुत गरेको २५७ रनको लक्ष्य भारतले ४१.३ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।

KFC Island Ad
NIC Asia

भारतको जितमा विराट कोहलीले १०३ रन बनाए । उनले ९७ बलमा ६ चौका र चार छक्का प्रहार गरे । शुभमन गिलले ५५ बलमा पाँच चौका र दुई छक्कासहित ५३ रन थपे । कप्तान रोहित शर्माले ४८, केएल राहुलले ३४ र श्रेयश अय्यरले १९ रन बनाए ।

बंगलादेशका मेहदी हसन मिराजले दुई र हसन महम्मदले एक विकेट लिए ।

Royal Enfield Island Ad

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २५६ रनको योगफल तयार पारेको थियो ।

बंगालदेशका लिटोन दासले ६६ रन बनाएका थिए । तन्जिद हसनले ५१, महमुदुल्लाहले ४६, मुस्फिकर रहिमले ३८, तोहिद हृदयले १६ र नासुम अहमदले १४ रन बनाए ।

भारतका रवीन्द्र जडेजा, मोहम्मद सिराज र जसप्रित बुमराहले समान दुई विकेट लिए । यस्तै, कुलदीप यादव र शार्दुल ठाकुरले समान एक विकेट लिए ।

जितसँगै चार खेलमा आठ अंक जोडेको भारत दोस्रो स्थानमा छ । लगातार तेस्रो हार बेहोरेको बंगलादेश दुई अंकसहित तालिकाको सातौँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  २२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro