देश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन इच्छुकलाई टीका लगाइदिने भएका छन् । सर्वसाधारणदेखि राज्यका विशिष्ट पदमा आसीन व्यक्तिहरूलाई समेत उनले टीका लगाइदिने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बिहीबार जारी गरेको विज्ञप्तिमा टीका ग्रहणको तालिका उल्लेख छ ।
कात्तिक ७ गते दिउँसो २ देखि बेलुका ५ बजेसम्म राष्ट्रपतिले टीका र प्रसाद प्रदान गर्नेछन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८० १५:०७
प्रतिक्रिया दिनुहोस्