site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हिन्दु–मुस्लिमको भाइचारा सम्बन्धमा दरार ल्याउन असामाजिक तत्त्वले खेले : आयोग
समिम मिया अन्सारी । फाइल तस्बिर ।

काठमाडौं । नेपालीको महान् चाड विजयादशमी एवं दीपावलीका अवसरमा मुस्लिम आयोगले सम्पूर्ण नागरिकमा शुभकामना व्यक्त गरेको छ । बडादसैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा बुधबार ललितपुरमा एक कार्यक्रम गरी आयोगले शुभकामना व्यक्त गरेको हो ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले दसैँ सबै नेपालीको चाड भएकाले उत्सवका साथ मनाउनुपर्ने बताए । उनले नेपाली शान्तिप्रिय भएकाले धर्मधर्मबीचमा झैझगडा र द्वन्द्व गर्न नहुनेमा जोड दिए ।

Dabur Nepal
NIC Asia

सबै धर्मावलम्बी एकापसमा मिलेर बस्नुपर्ने उनले बताए । उनले पछिल्लो समय केही छिटपुट घटना भएको भन्दै यसलाई समाधान गरेर अघि बढ्न जरुरी रहेको उल्लेख गरे ।

उनले बाहिरबाट आएका व्यक्तिको उक्साहटमा साम्प्रदायिक द्वन्द्व हुने गरेको औँल्याए । धर्मका नाममा द्वन्द्व गर्न नहुने उनले बताए ।

कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले लामो समयदेखि हिन्दु, मुस्लिम, इसाइ, किराँतलगायत धर्मावलम्बी र समुदाय एकापसमा मिलेर बसेको बताए । यसलाई सधैँ निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।

पछिल्लो केही समययता केही असामाजिक र अराजक तत्त्वले नेपालमा रहेका धर्मावलम्बी बीचमा खेल्ने र धार्मिक सहिष्णुतालाई खल्बल्याउने प्रयास गरेको बताए । हिन्दु, मुस्लिम, बौद्ध र किराँतका नाममा असामाजिक कार्य गर्नेलाई असफल बनाउनुपर्नेमा उनले जोड दिए ।

अपराध गर्ने कुनै धर्मको नहुने र अपराधी हुने भएकाले त्यस्ता व्यक्तिलाई कारबाही गर्नुपर्ने उनले बताए । त्यसक्रममा सिंगो समुदायमाथि आक्षेप लगाउन नहुने उनको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ०९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro