site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
डब्ल्यूएचओमा ३० वर्ष अनुभवी आचार्यलाई बंगलादेशकी प्रधानमन्त्रीपुत्रीको टक्कर
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को क्षेत्रीय प्रमुख पदका लागि नेपालका उमेदवार र बंगलादेशकी प्रधानमन्त्रीकी छोरीबीचको प्रतिस्पर्धालाई महत्वपूर्ण रुपमा हेरिएको छ । डब्ल्यूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशकका लागि नेपालका उमेदवारसँग बंग्लादेशकी प्रधानमन्त्रीकी छोरी प्रतिस्पर्धामा आएकी हुन् ।

रोचक कुरा के छ भने, नेपालका उमेदवार डा. शम्भु आचार्य देश, क्षेत्र र विश्वभर गरी डब्ल्यूएचओका विभिन्न पदमा ३० वर्षभन्दा लामो समय काम गरिसकेका ‘दिग्गज–भेटेरन’ हुन् ।

बंगलादेशकी उमेदवार साइमा वाजेदको परिचय भने प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् । यसबाहेक उनी मनोविद् र सरकारकी सल्लाहकार पनि भएको बताइएको छ । डब्ल्यूएचओको क्षेत्रीय प्रमुखका लागि उठ्ने भएयता उनले आफ्नी आमासँगै गएर विश्वभरका नेताहरुसँग भेटघाट थालेकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आमा प्रधानमन्त्री भएकै भरमा तीन दशक लामो अनुभव बटुलेका अब्बल उमेदवारविरुद्ध उठेको भन्दै साइमा वाजेदलाई ‘नेपोटिज्म–नातावाद’को आरोप लागेको छ ।

बंग्लादेशका विदेशमन्त्रीले भारतीय सञ्चारमाध्यम दी हिन्दुसँगको कुराकानीमा प्रधानमन्त्रीकी छोरिलाई पद दिन नेपालका आचार्यले उमेदवारी फिर्ता लिनुपर्ने बताएका छन् । उल्टै उनले नेपालका आचार्यलाई महिलालाई स्थान दिन नचाहेको भन्दै ‘लैगिंक’ विभेदपूर्ण भावनाको आरोप लगाए ।

Global Ime bank

बंग्लादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले आचार्यले दक्षिण एसियाका लागि केही गर्न नसकेको आरोप लगाउँदै आफ्नो उमेदवारी फिर्ता लिनुपर्ने टिप्पणी गरे ।

नेपालका उमेदवार डा. शम्भु आचार्यले  विश्वले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताएका छन् । उनले संयुक्त राष्ट्रसंघको महासभाको दिगो विकास लक्ष्यमा उल्लेख भएअनुसार स्वास्थ्य क्षेत्रको विकास साझा जिम्मेवारी भएको बताएका छन् ।

नेपालका स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले डा. आचार्य सबैभन्दा योग्य उमेदवार भएको बताएका छन् । उनले भनेका छन्, “डा. शम्भु आचार्यले जनस्वास्थ्यमा डिग्री हासिल गरेका छन् र विभिन्न एजेन्सीमा विभिन्न तहमा रहेर अनुभव बटुलेका छन् । क्षेत्रीय निर्देशकलाई मानव संसाधन व्यवस्थापन र संस्थागत व्यवस्थापनको सिप चाहिन्छ, जुन् आर्चायले दुई दशकदेखि गर्दै आएका छन् ।”

अक्टोबर ३० देखि नोभेम्बर २ सम्म भारतको नयाँदिल्लीस्थित डब्ल्यूएचओको दक्षिण एसियाली कार्यालयमा बैठक हुँदै छ । उक्त बैठकमा यस क्षेत्रका ११ सदस्य देशले क्षेत्रीय प्रमुख चयन गर्न मतदान गर्नेछन् । दक्षिण एसियाका सदस्य राष्ट्र बंगलादेश, भुटान, उत्तर कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, नेपाल, श्रीलंका, थाइल्यान्ड र टिमोर–लेस्टेले मतदान गर्नेछन् ।

बंग्लादेशकी वाजेदले आफ्नो पक्षमा मत पार्न आफ्ना आमा प्रधानमन्त्री शेख हसिनासँगै गएर ब्रिक्स शिखर सम्मेलन, जी–२० शिखर सम्मेलन, राष्ट्रसंघको महासभामा विश्वका नेताहरुलाई भेटेकी छन् । यस क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेन, चिनियाँ राष्ट्रपति सी चिनफिङदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटेर फोटोहरु सार्वजनिक गरेकी छन् ।

क्षेत्रीय प्रमुखको पद पाउन आमाको प्रभाव प्रयोग गरेको आरोपसहित दी लान्सेट र हेल्थ पोलिसी वाचमा समेत उनको आलोचनात्मक आर्टिकल प्रकाशित भएका छन् । उनले भने आफू सक्षम भएको प्रतिक्रिया दिएकी छन् ।

हाल भारतकी पुनम क्षेत्रपाल डब्ल्यूएचओको दक्षिणपूर्वी एसियाकी प्रमुख रहेकी छन् । निर्वाचित हुने उमेदवारलाई उनले पद हस्तान्तरण गर्नेछिन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय