site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
गुल्सनले व्यक्तिगत दोस्रो विकेट लिँदा नेपाललाई चौथो सफलता 

काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपाललाई गुल्सन झाले नै चौथो सफलता दिलाएका छन् । यसअघि यूएईको तेस्रो विकेट पनि गुल्सनले नै लिएका थिए । 

मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङमा आएको नेपालले नवौँ ओभरको चौथो बलमा चौथो विकेट लिएको हो ।

नेपालका गुल्सनले गरेको बलमा यूएईका आसिफ खान सन्दीप जोराबाट क्याच भए । आसिफ १५ रन बनाएर आउट भए ।

जारी खेलको १० ओभर समाप्त हुदा यूएईले चार विकेट गुमाएर ६२ रन बनाएको छ । यसअघि नेपालका लागि पहिलो विकेट सोमपाल कामीले पहिलो ओभरमै लिएका थिए । यस्तै करण केसीले दोस्रो सफलता दिलाएका थिए ।

शृङ्खलामा नेपाल, यूएई र हङकङ सहभागी छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro