site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दक्षिण अफ्रिकाविरुद्ध नेदरल्यान्ड्स ३८ रनले विजयी
SkywellSkywell

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकाविरुद्ध ३८ रनको जित निकालेको छ ।मंगलबार भारतको धर्मशालास्थित हिमान्चल प्रदेश क्रिकेट संघ रंगशालामा नेदरल्यान्ड्सले प्रस्तुत गरेको २४६ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले ४२.५ ओभरमा सबै विकेट गुमाएर २०७ रनमात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका डेविड मिलर र केशव महारेजले क्रमशः ४३ र ४० रन जोडे । हेनरिक क्लासेनले २८, गेराल्ड कोएट्जीले २२ र कप्तान टेम्बा बवुमाले २० रन थपे । 

Dabur Nepal
NIC Asia

नेदरल्यान्ड्सका लोगान भान विकले तीन विकेट लिए । पाउल भान मिकेरेन, रोइलोफ भान डेर मेर्वे र बास डे लिडेले समान दुई विकेट लिए । कोलिन अकरमनले एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ४३ ओभरमा आठ विकेट गुमाएर २४५ रनको योगफल तयार पारेको थियो । वर्षाका कारण टसमा ढिलाइ भएपछि खेललाई ४३ ओभरमा झारिएको हो । 

नेदरल्यान्ड्सका कप्तान स्कट एड्वार्डले ६९ बलमा १० चौका र एक छक्कासहित अविजित ७८ रन बनाएका थिए । रोइलोफ भान डेर मेर्वे २९, आर्यन दत्तले अविजित २३ र तेजा निदामनुरुले २० रन जोडे ।

दक्षिण अफ्रिकाक लुङ्गी एनगिडी, मार्को जेनसन र कागिसो रबाडाले समान दुई विकेट लिए । यस्तै, गेराल्ड कोएट्जी र केशव महाराजले एक/एक विकेट लिए ।

प्रतियोगितामा नेदरल्यान्ड्सको यो पहिलो जित हो । दक्षिण अफ्रिकाको भने यो पहिलो हार हो । जितसँगै तीन खेलबाट दुई अंक जोडेको नेदरल्यान्ड्स तालिकाको नवौं स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक जोडेको दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu