site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से बढ्यो, कारोबार घट्यो  

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार १३.१८ अंकले बढेको छ । नेप्से ०.७१ प्रतिशतले बढेर १८६४.६२ विन्दुमा बन्द भएको हो ।

गएको बुधबार नेप्से ५.१६ अंकले वृद्धि भएको थियो । त्यसपछिका दुई करोबार दिन २० अंकभन्दा बढीले घटेको थियो ।

आज एक अर्ब ८४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार एक अर्ब २५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

कारोबारमा आएका १३ मध्ये होेटेल तथा पर्यटन, निर्जीवन बिमा र व्यापार समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेर करोबार भएको छ ।

सर्वाधिक परिसूचक वृद्धि हुनेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक १.३० प्रतिशत बढेको छ । सर्वाधिक परिसूचक घट्नेमा व्यापार समूह छ । यो समूहको परिसूचक १.२५ प्रतिशतले घटेको छ ।

सर्वाधिक सेयर मूल्य घट्नेम हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेड छ । यो कम्पनीको सेयर मूल्य ८.५३ प्रतिशतले घटेको छ ।

सर्वाधिक सेयर कारोबार हुनेमा पनि हाथवे इन्भेस्टमेन्ट नै छ । यो कम्पनीका चार करोड ६२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका २८९ धितोपत्रका ३८ लाख १३ हजार २३३ कित्ता खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro