site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोबर्टो कार्लोसले भने– भारतमा हुँदा नेपाली फुटबलबारे थाहा पाएँ

काठमाडौं । ब्राजिलियन फुटबल टिमका विश्वकप विजेता रोबर्टो कार्लोसले आफूलाई नेपाली फुटबलबारे जानकारी भएको बताएका छन् । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण हेर्न मंगलबार काठमाडौं आइपुगेका कार्लोसले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा नेपालको ग्रासरुट फुटबलबारे आफू जानकार रहेको बताए ।

उनले यसअघि सन् २०१५ देखि २०१६ सम्म भारतीय सुपर लिग (आईएसएल)को क्लब दिल्ली डाइनामोजको प्रशिक्षण सम्हालेका थिए । सोही बेला आफूले नेपाली फुटबलबारे नजिकबाट जानकारी पाएको कार्लोसले बताए ।

“यसअघि भारतमा प्रशिाणका निम्ति आउँदा नेपालबाट नजिकै थिएँ, त्यसैकारण मलाई नेपालबारे थाहा थियो । यहाँ यसअघि नआएको भए पनि अहिले आउन पाउँदा निकै उत्साहित छु । यहाँको बारेमा ग्रासरुट फुटबलबारे धेरैपटक राम्रो कुरा सुनेको छु,” उनले भने ।

Roberto-Carlos1-1745292865.jpg
आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले कार्लोस एनएसएलको पहिलो क्वालिफायरका निम्ति आउने बताएको थियो । तर, अन्तिम समयमा उनी अस्वस्थ भएको कार्लोसको नेपाल भ्रमण स्थगित भएको थियो । त्यसपछि आयोजकले दोस्रो क्वालिफायरका निम्ति कार्लोस नेपाल आउने जनाउँदै मंगलबार उनलाई स्वागत गरेको हो ।

विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा कार्लोसले रियाल मड्रिड विश्वकै उत्कृष्ट क्लब भएको बताए । 

“रियाल मड्रिडमा हुँदा म विश्वकै उत्कृष्ट क्लबबाट खेलिरहेको थिएँ । मलाई रियालको हरेक खेल मनपर्थ्यो । सपनालाई पूरा गर्न खेलाडीले निकै मिहिनेत गर्नुपर्छ । उसलाई सही साथ पनि हुनुपर्छ । जसको कारण उनीहरू परिपक्व बन्न सक्छन् र लिग हुँदै राष्ट्रिय टिमसम्मको प्रतिनिधित्व गर्न सक्छन्,” कार्लोसले थपे ।

उनले अन्तिममा नेपालमा रहेको ब्राजिलियन समर्थक र यहाँको स्वागतका निम्ति सबै नेपालीमा कृतज्ञता व्यक्त गरे ।

Roberto-Carlos3-1745292865.jpg
व्यावसायिक र अन्तर्राष्ट्रिय करिअरमा रक्षकको भूमिकामा रहेका कार्लोस विशेष गरी असाधारण ‘फ्रिकिक’का निम्ति चर्चित छन् । उनले रियाल मड्रिडबाट तीनपटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

उनले एकपटक फिफा विश्वकपको उपाधि, दुईपटक कोपा अमेरिका र सन् १९९७ मा फिफा कन्फेडेरेसन कपको उपाधि जितेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro