site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आचार्यले पाए पहिलो गैरआवासीय नेपाली नागरिकता

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्र मंगलबारदेखि विधिवत् रूपमा वितरण थालिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनआरएनएका अध्यक्ष कुल आचार्यलाई पहिलो नागरिकता प्रदान गर्दै सो वितरणको शुभारम्भ गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित एक विशेष समारोहमा नागरिकताको प्रमाणपत्र वितरण गरिएको हो । जिल्ला प्रशासन कार्यालय पर्वतबाट ०८० असोज २८ गते जारी गैरआवासीय नेपाली नागरिकता प्रधानमन्त्रीको हातबाट आचार्यलाई प्रदान गरियो ।

Dabur Nepal
NIC Asia

यस्तै, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट असोज २९ गते जारी गैरआवासीय नेपाली नागरिकता एनआरएनएका कार्यकारी अध्यक्ष डा. बद्री केसीलाई प्रदान गरिनयो । योसँगै गैरआवासीय नेपालीलाई सो नागरिकता प्राप्त गर्ने बाटो खुलेको छ ।

सो नागरिकता लिएपछि अध्यक्ष आचार्यले सम्पूर्ण गैरआवसीय नेपाली समुदायका लागि यो गौरव, हर्ष र सफलताको क्षण भएको बताए । उनले सरकार र राजनीतिक दलहरूलाई धन्यवाद दिए ।

‘एकपटकको नेपाली सधैँको नेपाली’ भन्ने भावनालाई साकार पार्न नागरिकताले थप भूमिका खेलेको उनले उल्लेख गरे । डा. केसीले सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीका पक्षमा सरकारले सकरात्मक भूमिका निर्वाह गरिहेको र थप सहकार्य गर्न इच्छुक रहेको बताए । उनले नेपालको समृद्धिका लागि एनआरएनएको प्रभावकारी सहयोग र सद्भाव अपरिहार्य रहेको पनि बताए ।

सो नागरिकताले राजनीतिक र प्रशासनिकबाहेकका सम्पूर्ण अधिकार प्रयोग गर्न पाउने व्यवस्था छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ०९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro