site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईसीसी एकदिवसीय विश्वकप : अस्ट्रेलियाको पहिलो जित
SkywellSkywell

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले पहिलो जित निकालेको छ । अस्ट्रेलियाले सोमबार भएको खेलमा श्रीलंकाविरुद्ध पाँच विकेटको सहज जित निकालेको हो ।

भारतको लखनउस्थित एकाना रंगशालामा श्रीलंकाले प्रस्तुत गरेको २१० रनको लक्ष्य अस्ट्रेलियाले ३५.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाको जितमा जस इङ्लिसले ५८ रन बनाए । ओपनर मिचेल मार्सले ५२ रन थपे । मार्नुस लाबुसचेन्जले ४०, ग्लेन म्याक्सवेलले ३१, मार्कुस स्टोइनिसले २० र डेविड वार्नरले ११ रन जोडे ।

KFC Island Ad
NIC Asia

दिल्सान मदुसन्काले तीन विकेट लिए । उनले नौ ओभरमा दुई मेडन राख्दै ३८ रन खर्चिए । दुनिथ वेलालागेले एक विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङमा आएको श्रीलंकाले ४३.३ ओभरमा सबै विकेट गुमाएर २०९ रनको योगफल खडा गरेको थियो । श्रीलंकाका ओपनरद्वय किशल परेरा र पथुम निसान्काले क्रमशः ७८ र ६१ रन जोडेका थिए । यी दुईले पहिलो विकेटका लागि १२५ रनको साझेदारी गर्दै श्रीलंकालाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।

Royal Enfield Island Ad

तर, यसपछिका कुनै पनि ब्याटरले उल्लेख्य योगदान पुर्याउन नसक्दा श्रीलंका २०९ रनमै समेटियो । चरिथ असलन्काले २५ रन थप्दा अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अस्ट्रेलियाका एडम जाम्पाले चार विकेट लिए । आठ ओभर बलिङ गरेक उनले एक मेडन राख्दै ४७ रन खर्चिए । मिचेल स्टार्क र प्याट कुमिन्सले समान दुई विकेट लिए । ग्लेन म्याक्सवेलले एक विकेट हात पारे ।

प्रतियोगितामा पहिलो जित निकालेको अस्ट्रेलिया तीन खेलबाट दुई अंकसहित तालिकाको आठौँ स्थानमा उक्लिएको छ । समान खेल खेल्दा पनि जितविहीन श्रीलंका भने तालिकाको नवौँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  २२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro