site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
व्यक्तिको तजबिजीले काम गर्ने प्रणाली फेरिनुपर्छ : अध्यक्ष हमाल
फाइल तस्बिर।

काठमाडौं । नेपाल धितोपत्र बार्डका अध्यक्ष रमेशकुमार हमालले व्यक्तिको तजबिजीले काम गर्ने प्रणाली फेरिनुपर्ने बताएका छन् ।

सोमबार महिला आर्थिक पत्रकार संघ (फेजा)को औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष हमालले नेपालको प्रगतिका लागि काम प्रणालीमा हुनुपर्ने बताए । समाजको चरित्र नै सरकारको ऐन भएकाले त्यसअनुसार ऐन, नियम र कानुन हुनुपर्ने उनले बताए ।

“नेपालका सम्पूर्ण निकायहरूले प्रणालीमा काम गर्नुपर्छ । कार्यकारी निकायमा जो सुकै मानिस भए पनि फरक पर्नुभएन । त्यहाँ प्रणालीले काम गर्नु पर्‍यो,” उनले भने, “नेपालको प्रगतिको लागि प्रणालीमा काम गर्ने र हाकिमको तजबिजी कम हुनुपर्छ । जसमा प्रधानमन्त्री, मन्त्री वा धितोपत्र बोर्डको अध्यक्ष वा जुनसकै निकायको प्रमुख वा पदाधिकारी होस्, तजबिजी र अधिकार कम हुनुपर्‍यो । प्रणालीमा काम गर्ने प्रणालीको विकास गर्नुपर्छ ।” 
 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १९:५८
प्रतिक्रिया दिनुहोस्