site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डा. उपाध्याय बने स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशक

काठमाडौं । स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. मदन उपाध्यायलाई दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सोमबार उनलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेका हुन् ।

डा. उपाध्याय मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख हुन् ।

आफूलाई साविकको जिम्मेवारीसँगै बोर्डको निमित्त कार्यकारी निर्देशकको पद थपिएको उनले बताए ।

यसअघि, सरकारले गत २४ असोजमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई तीन महिनाका लागि निलम्बन गरेको थियो । 
 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro