site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विराटनगरमा सामूहिक बलात्कार आरोपमा तीनजना पक्राउ  

विराटनगर । युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा विराटनगरबाट तीन यातायात मजदुर पक्राउ परेका छन् ।

धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, सोही ठाउँका २० वर्षीय विनोद चौहान र सिन्धुलीका १६ वर्षीय बालकलाई पक्राउ गरिएको हो । ती युवतीले आफूमाथि सामूहिक बलात्कार भएको भन्ने किटानी जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

प्रहरीका अनुसार तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक हुन् । चौहान सोही ट्रकका सहचालक हुन् । १६ वर्षे बालक पनि उनीहरूकै सहयोगी भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी रन्जनकुमार दाहालका अनुसार उनीहरूले विराटनगर महानगरपालिका–३ मा २५ वर्षीया युवतीको बलात्कार गरेको आरोप छ ।

विराटनगर बसपार्कस्थित एक होटेलमा खाना पुगेका चालक, सहचालक र सहयोगीले युवतीलाई सिटी सफारीमार्फत ट्रक राखिएको स्थानमा पुर्‍याएका थिए । युवतीलाई ललाइफकाइ ट्रक पार्किङमा राखिएकै ठाउँमा लगेर पालैपालो बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

ती युवतीले होहल्ला गरेपछि स्थानीय र पैदलयात्रीले घटनाबारे थाहा पाएका थिए । स्थानीयको समूह घटनास्थलमा पुगेपछि उनीहरू तीनैजना ट्रकभित्र लुकेका थिए ।

आक्रोशित स्थानीयले ढुंगामुढा गरेका थिए । ढुंगामुढाबाट ट्रकका सिसा फुटेका छन् ।

पक्राउ परेकाविरुद्ध जबर्जस्ती करणी मुद्दा चलाइने डीएसपी दाहालले बताए । दाहालले भने, “ट्रक पार्किङ गरेकै स्थानमा बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro