site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा भूकम्प, नेपालसम्म हल्लायो
SkywellSkywell

काठमाडौं । सुदूरपश्चिम प्रदेशका केही जिल्लामा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । दार्चुलालगायत जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो ।

भारतमा गएको भूकम्पको धक्का नेपालमा पनि महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको सुर्खेतस्थित कार्यालयले जनाएको छ ।

KFC Island Ad
NIC Asia

नेपाली समयानुसार सोमबार बिहान ९ बजेर २६ मिनेटमा भारतको वतन भन्ने स्थान केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको सो कार्यालयका प्रमुख बलबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार नेपालको दार्चुलास्थित सिमानाबाट १५/१७ किलोमिटरको दूरीमा भूकम्पको केन्द्रविन्दु थियो ।

Royal Enfield Island Ad

“दार्जुलापारि भारतको वतन केन्द्रविन्दु भएर ९.२६ बजे ४.८ म्याग्निच्युडको भूकम्प गएको हो,” उनले बाह्रखरीसित भने, “त्यो स्थान दार्चुलाको सिमानाबाट १५/१७ किलोमिटर पर पर्छ ।”

यो धक्का यही असोज १६ गते बझाङ केन्द्रविन्दु भएर गएको ६.३ म्याग्निच्युडको भूकम्पको परकम्प नभएको उनले स्पष्ट पारे । उनका अनुसार बझाङको उक्त भूकम्पपछि हालसम्म ५४३ परकम्प मापन गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ११:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro