site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजनीतिक दल एउटाबाट अर्को पुस्तामा लक्षित हुनुपर्छ : रवि लामिछाने
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक दल एउटा निर्वाचनबाट अर्को चुनावमा लक्षित हुन नहुने बताएका छन् । सोमबारदेखि सुरु भएको पार्टीको नीति मन्थन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले राजनीतिक दल एउटाबाट अर्को पुस्तामा लक्षित हुनुपर्नेमा जोड दिए । राजनीतिक दलका विचार, अभिव्यक्ति स्पष्ट नआउँदा अनुमानको घेरामा आफूहरू पनि परेको उनले बताए ।

परिवर्तनका निम्ति सारा जीवन बिताएका नेताहरूप्रति कहिलेकाहीँ विषयकेन्द्रित कटाक्ष गरे पनि उनीहरूका योगदानलाई अवमूल्यन गर्ने योजना नरहेको सभापति लामिछानेले बताए ।

“राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभई एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्छ । कहिलेकाहीँ राजनीतिक दलका विचार, अभिव्यक्तिहरू स्पष्ट नआउँदा अनुमान जल्दछन् र शंका नै शंका, आशंका नै आशंकामा हामीलाई पनि कैयौँ अनुमानको घेरामा राखिएको छ,” उनले भने, “यो परिवर्तनमा आफ्नो सारा जीवन बिताएका नेताहरूप्रति कहिलेकाहीँ कटाक्ष गरेको मात्र यहाँहरूले सुन्नुभएको छ होला, विषयकेन्द्रित कटाक्ष हुनसक्छन् । तर, समग्रमा मुलुकको परिवर्तनमा उहाँहरूले दिएको योगदानलाई अवमूल्यन गर्ने न आँट, न साहस न योजना छ । परिवर्तनलाई अवमूल्यन गर्ने ध्येय हुँदैन ।”

रास्वपा नयाँ पार्टी भएकाले सिक्दै र बुझ्दै जाने प्रयासमा रहेको उनले उल्लेख गरे । पुराना राजनीतिक दलहरूमा अझै पनि राणाशासन कायम रहेको उनको टिप्पणी छ ।

व्यवस्था बदलिए पनि राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्र नहुँदा समस्या देखिएको उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro