site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सोमबार र मंगलबार पानी पर्ने, दसैँमा मौसम सफा हुने
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । आउँदो सोमबार र मंगलबार देशभर मौसम बदली हुने पूर्वानुमान छ । ती दुई दिन देशभर छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण वर्षा हुने देखिएको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । “सानो प्रणाली आउँदै छ, पश्चिमी वायुको असरले सोमबार र मंगलबार वर्षा हुने देखिन्छ,” शनिबार साँझ उनले बाह्रखरीसित भनिन्, “हल्का वर्षा हुने सम्भावना छ ।”

उनका अनुसार उक्त अवधिमा देशभर बादल लाग्नेछ । काठमाडौं उपत्यकासहित देशभर वर्षाको सम्भावना छ । अरू स्थानको तुलनामा पश्चिमी क्षेत्रमा धेरै पानी पर्नेछ । बुधबार दिउँसोदेखि मौसम खुल्दै जाने उनले बताइन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“देशैभर बादल लाग्छ । वर्षाको सम्भावना पनि देशैभर छ । पश्चिमी प्रणाली भएको भएर पश्चिम क्षेत्रमा अलि धेरै वर्षा हुने देखिन्छ,” उनले भनिन्, “बुधबार दिउँसोदेखि मौसम खुल्दै जानेछ ।”

दसैँ सफा हुने
शनिबार (आज)को स्थितिबाट पूर्वानुमान गर्दा यो वर्षको दसैँ अवधिमा पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले बताइन् । दसैँमा मौसम सफा हुने उनको भनाइ छ ।

Royal Enfield Island Ad

“बिहीबारपछि मौसम सफा हुनेछ,” उनले भनिन्, “अहिलेसम्मको अवस्थाबाट हेर्दा दसैँमा वर्षा हुने सम्भावना देखिँदैन ।”

मनसुन बाहिरिन अझै केही दिन लाग्ने
नेपालबाट यो वर्षको मनसुन प्रणाली बाहिरिने क्रम जारी छ । औसत मितिभन्दा ढिलो गरी मनसुन बाहिरिइरहेको छ ।

देशबाट मनसुन पूर्ण रूपमा बाहिरिन अझै केही दिन लाग्ने मौसमविद् मानन्धरले बताइन् । “केही दिन लाग्ने देखिन्छ,” उनले भनिन्, “मनसुन बाहिरिइसकेको अवस्था छैन ।”

शनिबार (असोज २७) गण्डकी र लुम्बिनी प्रदेशका सम्पूर्ण तथा वाग्मती र मधेस प्रदेशका अधिकांश भूभागबाट मनसुन बाहिरिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यसअघि सुदूरपश्चिम र कर्णाली, लुम्बिनीका अधिकांश र गण्डकीका पश्चिमी भूभागबाट मनसुन बाहिरिइसकेको थियो ।

मौसमविद्का अनुसार नेपालमा मनसुन भित्रने औसत मिति जुन १३ तारिख हो । नेपालबाट मनसुन बाहिरिने औसम मिति अक्टोबर २ लाई मानिएको छ । यो वर्ष एक दिन ढिलो गरी जुन १४ (जेठ ३१) मा नेपालमा मनसुन भित्रिएको थियो । मनसुन पूर्वी क्षेत्रबाट भित्रिएर क्रमशः देशभर पुग्ने गर्छ । पुनः पूर्वी भूभाग हुँदै मनसुन बाहिरिने गर्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  २१:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro