site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आईसीसी एकदिवसीय विश्वकप ः न्युजिल्यान्डको लगातार तेस्रो जित
SkywellSkywell

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा साविक उपविजेता न्युजिल्यान्डले लगातार तेस्रो जित निकालेको छ ।

शुक्रबार भारतको एमए चिदम्बरम रंगशालामा सम्पन्न खेलमा न्युजिल्यान्डले बंगलादेशविरुद्ध आठ विकेटको सहज जित दर्ता गर्यो । खेलमा टस हारेर ब्याटिङमा आएको बंगलादेशले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २४५ रनको योगफल खडा गरेको थियो । २४६ रनको लक्ष्यसहित मैदान उत्रिएको न्युजिल्यान्डले ४३ बलअघि दुई विकेट गुमाएर जित भेट्टायो ।

Dabur Nepal
NIC Asia

न्युजिल्यान्डको जितमा डार्यल मिचेलले अविजित ८९ रन बनाए । उनले ६७ बलमा ६ चौका र चार छक्का प्रहार गरे । कप्तान केन विलियम्सन ७८ रनमा खेलिरहँदा रिटायर्ड हर्ट भएका थिए । देभोन कोन्वेले ४५ र ग्लेन फिलिप्सले १६ रन थपे ।

बंगलादेशका साकिब अल हसन र मुस्ताफिजुर रहमानले समान एक विकेट लिए । 

त्यसअघि, बंगलादेशको ब्याटिङमा मुस्फिकुर रहिमले ६६ रन बनाएका थिए । मह्मुदुल्लाहले ४१, कप्तान साकिब अल हसनले ४०, मेहदी हसनले ३० र तक्षिन अहमेदले १७ रन जोडे ।

न्युजिल्यान्डका लकी फर्गुसनले तीन विकेट लिए । ट्रेन्ट बोल्ट र म्याट हेनरीले समान दुई विकेट लिए । मिचेल स्यान्टनर र ग्लेन फिलिप्सले समान एक/एक विकेट लिए । 

जितसँगै तीन खेलबाट ६ अंक जोडेको न्युजिल्यान्ड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट दुई अंक जोडेको बंगलादेश तालिकाको छैटौं स्थानमा छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  ०६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu