site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बालबालिकालाई लक्ष्मी सनराइज बैंकको सहयोग

काठमाडौं । लक्ष्मी सनराइज बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत असहाय बालबालिकाको संरक्षणमा कार्यरत देशभरीका संस्थाहरूसँग सहकार्य गरी सहयोग प्रदान गरेको छ । बैंकले देशभरका यस्ता संस्थासँग सहकार्य गरी ४०० भन्दा बढी बालबालिकालाई सहयोग गरेको जानकारी दिइएको छ ।

बैंकले नेपाल बाल संगठनअन्तर्गत पाँचखाल, दोलखा र भीमफेदीमा रहेका बालबालिकालाई नयाँ कपडा प्रदान गर्नुका साथै नक्सालस्थित बालमन्दिरलाई पनि आवश्यक खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो ।

यसैगरी बैंकले कोसी प्रदेशको उर्लाबारीमा नमुना बालगृह र इटहरीमा हेल्पलेस चिल्ड्रेन वाल्फर मिसन, मधेस प्रदेशको गरुडामा बन्सिलाल जैसवाल अनाथालय, वाग्मती प्रदेशको हेटौंडामा मामाघर नेपाल, गण्डकी प्रदेशको पोखरामा रहेको रान्बो चिल्डेन होम नेपालका बालबालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । 

त्यस्तै, लुम्बिनी प्रदेशको कोरीहवाको अविनाश आश्रम, कर्णाली प्रदेशको वीरेन्द्रनगरमा रहेको न्यू लाइफ चिल्डेनस् हेभनलगायत सुदूरपश्चिमको धनगढीमा रहेको आमाको माया छात्रबासमा पनि सामाग्री प्रदान गरेको बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro