site stats
बाह्रखरी :: Baahrakhari
देश
इरानमा रहेका ११ नेपालीको उद्धार गरिँदै, थुनामा रहेकाको कागजी प्रक्रिया मिलाइँदै

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले इरानमा रहेका नेपालीको उद्धार प्रक्रिया सुरु भएको बताएकी छन् ।

सोमबार प्रतिनिधिसभाको बेठकमा विनियोजन विधेयक सम्बन्धमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले उद्धारका लाथि भारत सरकारलाई आग्रह गरिएको बताइन् ।

“इरानमा रहेका १६ जना नेपालीलाई उद्धार गरिदिन भारत सरकारलाई अनुरोध गरिएकामा इरानस्थित भारतीय दूतावासको सहयोगमा ११ जनालाई नेपाल फर्काउने प्रक्रिया सुरु भएको छ,” परराष्ट्रमन्त्री राणाले बताइन् ।

उनका अनुसार, ११ जना भोलि नै भारत आइपुग्दै छन् । बाँकी पाँचजना अध्यागमन कानुनका कारण थुनामा रहेकाले कागजी प्रक्रिया पूरा गरेर स्वदेश फर्काउन मन्त्रालयले कतारको दोहास्थित नेपाली दूतावासमार्फत पहल गरिरहेको उनको भनाइ छ ।

इजरायल र इरानबीच द्वन्द्व बढेपछि सरकारले दुवै देशमा रहेका नेपालीको उद्धार प्रक्रिया सुरु गरेको हो ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १४:१९
प्रतिक्रिया दिनुहोस्