site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बंगलादेशविरुद्ध न्युजिल्यान्डले पहिले बलिङ गर्ने, टिममा फर्किए विलियम्सन
SkywellSkywell

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा न्युजिल्यान्डले बंगलादेशविरुद्ध पहिले बलिङ गर्ने भएको छ । 

भारतको चेन्नाईस्थित एमए चिदम्बरम रंगशालामा हुने खेलका लागि भएको टस जितेर न्युजिल्यान्डका कप्तान केन विलियम्सनले फिल्डिङको निर्णय गर्दै बंगलादेशलाई ब्याटिङको निम्तो दिए । जारी विश्वकपमा विलियम्सन पहिलो पटक मैदान उत्रिने भएका हुन् । 

Dabur Nepal
NIC Asia

यसअघि चोटका कारण उनले सुरुआती दुई खेल गुमाएका थिए । विलियम्सनको अनुपस्थितीमा टम लाथमले न्युजिल्यान्डको कप्तानी सम्हालेका थिए ।

अक्टोबर ५ देखि सुरु भएको प्रतियोगितामा दुवै टिमको यो तेस्रो खेल हो । यसअघिका दुई खेलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई नौ विकेट र नेदरल्यान्ड्सलाई ९९ रनले हराएको थियो । 

बंगलादेशले भने पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले हराउँदा दोस्रो खेलमा इंग्ल्यान्डसँग १३७ रनले पराजित भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu