site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केदारको दाबी फिर्ता लिन शेखरलाई प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाको दबाब 
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । कोसी प्रदेशमा कांग्रेस सांसद केदार कार्कीले मुख्यमन्त्रीमा दाबी गरेपछि नेपाली कांग्रेसका नेता शेखर कोइरालामाथि चौतर्फी दबाब दिनेक्रम सुरु भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले फोन गरेर शेखरसँग चासो राखेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी सभापति शेरबहादुर देउवाले कार्कीको दाबी फिर्ता गराउन दबाब दिएका छन् । स्रोतका अनुसार राष्ट्रपति पौडेलले कोइरालालाई फोनमार्फत कार्कीको दाबीका विषयमा चासो राखेका थिए । त्यसमा कोइरालाले धेरै पटक आफूले कांग्रेसको नेतृत्वमा सरकार गठनको विषयमा छलफल गर्न चाहे पनि छलफल हुन नसकेको बताएका थिए । 

उनले प्रदेश संसदीय दलका नेता र उनी निकटहरूले नै माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउने बताएपछि विकल्पको खोजीमा अहिलेको परिणाम आएको बताएका थिए । 

कोइरालालाई सभापति देउवाले भने आफैँ फोन नगरेर ज्ञानेन्द्र कार्कीलाई फोन गर्न लगाएका थिए । कार्कीले शेखरलाई केदार कार्कीको उमेदवारी फिर्ता गराउँन भन्दै दबाबको भाषा प्रयोग गरेको स्रोत बताउँछ । तर, कोइरालाले भने कार्कीको उमेदवारी पार्टीभित्रको उदासीनताका कारण आएको बताएका थिए । उनले अब कोसीमा कांग्रेसकै नेतृत्वमा सरकार गठन हुने जवाफ दिएका थिए । 

कोइरालाले कार्कीलाई कोसीका विषयमा कुनै दबाब नदिन आग्रह गर्दै कांग्रेसको नेतृत्वमा सरकार बन्दा आपत्ति भए  फरक निर्णय गर्न सुझाव दिएका थिए । 

कोइरालालाई आजै प्रधानमन्त्री प्रचण्डले पनि कार्कीको उमेदवारी फिर्ता गराउँन आग्रह गरेका थिए । प्रधानमन्त्री प्रचण्डले फोनमार्फत गरेको अग्रहमा कोइरालाले कार्कीको उमेदवारी फिर्ता नहुने भन्दै उनलाई नै सर्वसम्मत बनाउने मौका नछोड्न आग्रह गरेका थिए । “कोसीमा अस्थिरता धेरै भयो । गठबन्धनका तर्फबाट विगतमै असफल भइसकेको प्रयास पात्र परिवर्तन गर्दैमा सफल हुने अवस्था छैन,” कोइरालाको भनाइ उदृत गर्दै स्रोतले भन्यो, “आङ्बोको उमेदवारी फिर्ता गराउनूस्, कोसीमा बलियो स्थायी सरकार बन्छ ।” 

उनले प्रदेशलाई स्वायत्त अभ्यास गर्न नदिएर केन्द्रबाट नियन्त्रित अस्थिरता सिर्जना गरेको सन्देशबाट जोगिन पनि त्यसो गर्नु जरुरी रहेको बताएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro