राजनीति
काठमाडौं । नेकपा (एमाले)को मधेस प्रदेशको पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।
अध्यक्षमा चन्देश्वर मण्डलको नाममा सहमति जुटेको छ । उपाध्यक्ष विचारी यादव, सचिव मनोज पौडेल, उपसचिव आरती भण्डारी र मोहम्मद कयसलाई चयन गर्ने सहमति भएको छ ।
एक नेताका अनुसार निर्वाचन प्रक्रियामा गएर उनीहरूले मात्रै उमेदवारी दिने सहमति भएको छ ।
पोलिट्ब्युरो सदस्य सुमन प्याकुरेलले सहमतिमा नेतृत्व चयन हुने बताए ।
अधिवेशनको बुधबार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८० १३:११
प्रतिक्रिया दिनुहोस्