site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रवि लामिछानेको प्रश्न– ठूलो माछालाई अख्तियारको किन डर हुँदैन ?
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 'खुट्टा कमाएको' टिप्पणी गरेका छन् ।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानले सार्वजनिकरूपमा आएका विभिन्न अनियमितताबारे अख्तियारले छानबिन नगरेको बताए ।

उनले 'लडाकु शिविरको घोटाला अख्तियारभित्र हरायो भन्ने छ नि ?' भन्दै प्रश्न गरे ।

समितिले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकको विषयमा छलफल गरेको थियो । छलफलमा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईसहित अन्य आयुक्तहरूको उपस्थिति थियो ।

बैठकमा सांसद लामिछानेले 'वाइडबडी खरिद, यती होल्डिङ्स, ओम्नी प्रकरण तथा तत्कालीन एन्फा अध्यक्ष गणेश थापाले गरेको घोटालाको फाइल कहाँ पुग्यो' भन्दै प्रश्न गरे ।

“अनुसन्धानमा छ भन्ने रेडिमेड जवाफ आउँछ, थाहा छ । तपाईंहरूको वार्षिक बजेट एक अर्बको छ । बजेट माग चाहिँ दुई अर्ब गर्नुहुन्छ । काम २५ प्रतिशत मात्रै हुन्छ । कमसेकम बजेट बराबर त सफलता हात पारौँ,” लामिछानेले भने ।

उनले भ्रष्टाचारको फाइल अघि बढाउन कानुनी अवरोध रहे आफूहरूलाई जानकारी गराउन पनि आग्रह गरे । उनले सोझा जनतालाई मात्र अख्तियारको डर लाग्ने गरेको बताए । लामिछानेले 'ठूलो माछालाई अख्तियारको किन डर हुँदैन' भनेर प्रश्न गरे ।

“सामान्य मानिसहरूलाई अख्तियारले ठूला मानिसहरूलाई कारबाही गर्छ भन्ने डर नै छैन,” लामिछानेले भने, “तलबाट कारबाही हुन्छ । सहसचिव, उपसचिव भन्दा माथिको मान्छे देख्दैन अख्तियारले ? यही हो अख्तियारको नजरमा ठूलो माछा ?”

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro