site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायल–हमास द्वन्द्व : मृत्यु हुनेको संख्या २१ सय नाघ्यो

काठमाडौं । इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच जारी द्वन्द्वमा मृत्यु हुनेको संख्या २१ सय नाघेको छ ।

हमासले अचानक इजरायलमा शनिबार गरेको ठूलो आक्रमणयता त्यहाँ १२ सय बढीको मृत्यु भइसकेको छ ।

हमासविरुद्ध गाजामा इजरायलको जवाफी आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ९५० भन्दा बढी पुगेको बताइएको छ ।

Dabur Nepal

यी देशले गरिरहेका छन् हमासलाई समर्थन, इजरायलका पक्षमा कति ?

नेपालसहित विभिन्न दर्जनबढी देशका नागरिकहरूले इजरायलमा ज्यान गुमाएका छन् । केही घाइते भएका छन् भने, केही बेपत्ता भएका छन् । हमासले करिब १५० नागरिकलाई अपहरण गरी बन्दी बनाएको बताइएको छ ।

इजरायली रक्षा बल (आईडीएफ)का प्रवक्ता जोनाथन कन्रिकसले रिजर्भमा रहेका तीन लाखभन्दा बढी सेनालाई गाजा सीमा क्षेत्रमा तैनाथ गरेको बताएका छन् ।

उनले ती सैनिक इजरायली सरकारले दिएको मिसन कार्यान्वयन गर्न तयार रहेको बताएका छन् । “र त्यो भनेको युद्धको अन्त्यमा धम्की दिन वा इजरायली नागरिकलाई मार्न हमाससँग कुनै सैन्य क्षमता हुननपर्ने,” हो भनेका छन् ।

उनले गाजामा लडाइँ अझै चर्किने र त्यहाँको दृश्यहरू हेर्न र सामना गर्न कठिन हुने बताएका छन् ।

यसबीच इजरायलका लागि हतियार बोकेको पहिलो अमेरिकी विमान त्यहाँ आइपुगेको छ । इजरायली सेनाले हमासको विमान फेला पार्ने अत्याधुनिक निगरानी प्रणाली ध्वस्त पारेको समेत बताएको छ ।

मंगलबार बिहानसम्म लडाइँ जारी रहेको एक इजरायली गाउँमा महिला र बालिबालिकासहित नरसंहार भएको इजरायली सैन्य जनरलले बताएका छन् । मृतकमध्ये केहीको टाउको नै काटिएको समेत बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro