site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
यी देशले गरिरहेका छन् हमासलाई समर्थन, इजरायलका पक्षमा कति ?
हमास नियन्त्रित गाजा क्षेत्रको दृश्य ।

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि शनिबारदेखि जारी द्वन्द्वमा १६ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । ज्यान गुमाउनेमा ९०० भन्दा बढी इजरायली नागरिक छन् । हमास नियन्त्रित गाजातर्फका ६०० भन्दा बढी मानिसको मृत्यु भएको छ ।

आक्रमणमा परी त्यहाँ नेपालसहित १० भन्दा बढी देशका नागरिकको पनि मृत्यु भएको छ । विभिन्न देशका नागरिक समेत घाइते र बेपत्ता छन् ।

इजरायलका सैन्य प्रवक्ता रिचर्ड हेचले गाजा आसपासका क्षेत्रमा एक हजार ५०० भन्दा बढी हमास लडाकुको शव फेला परेको बताएका छन् ।

Dabur Nepal

इजरायलले आफू युद्धमा रहेको घोषणा गरिसकेको छ । अहिले सुरुआती प्रत्याक्रमण मात्र गरिएको इजरायली नेतृत्वको भनाइ छ । जवाफी प्रतिक्रियामा हमासले अपहरित सयौँ इजरायलीलाई आफ्ना नागरिक छुटाउनका निम्ति प्रयोग गर्ने जनाएको छ ।

लेबनानको राजधानी बेरुतमा निर्वासित जीवन बिताइरहेका हमासका नेता अली बाराकेहले आफूहरू लामो समयको युद्धका निम्ति तयार रहेको समाचार एजेन्सी एपीसित बताएका छन् । आफूहरूसँग पर्याप्त हतियार रहेको उनको भनाइ छ ।

Gaza2-1696931335.jpg

जारी द्वन्द्वका विषयमा विभिन्न देश इजरायलको पक्षमा छन् । केही देशले हमासलाई समर्थन गरिरहेका छन् ।

कुन देश कसको समर्थनमा ?
इजरायलको विदेश मन्त्रालयले ८४ भन्दा बढी देशले आफ्नो समर्थनमा वक्तव्य जारी गरेको जनाएको छ । इरान, कतार र लेबनानलगायत केही देशले हमासलाई समर्थन गरिरहेका छन् ।

इजरायलको पक्षमा
भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया, फ्रान्स, नर्वे, अस्ट्रिया, जर्मनी, क्यानडा, पोल्यान्डलगायत देश इजरायलको पक्षमा छन् । नेपालले पनि इजरायलको पक्षमा समर्थन व्यक्त गरेको छ ।

भारतीय प्रधनमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनलगायत नेताहरूले ट्विट गर्दै इजरायलप्रति समर्थन व्यक्त गरेका छन् ।

अमेरिकाले भूमध्यसागरमा इजरायलनजिक युद्धपोत र लडाकु विमान लैजाने जनाएको छ । त्यसले इजरायललाई हतियार र गोलाबारुद उपलब्ध गराउने बताइएको छ । इजरायली अधिकारीले चीनलाई समेत आफ्नो पक्षमा समर्थनका निम्ति आग्रह गरेका छन् ।

हमासका समर्थक
हमासका पक्षमा विशेष गरी मध्यपूर्वका राष्ट्रहरू छन् । इरान, कतार, यमन, साउदी अरेबिया, दक्षिण अफ्रिका र लेबनानले हमासलाई समर्थन गरेका छन् ।

इरानका राष्ट्रपति इब्राहिम राईसीले इजरायलमा हमासको आक्रमणको प्रशंसा गरेका बताइएको छ । इरानले हमासलाई सैन्य र आर्थिक सहायता समेत उपलब्ध गराइरहेको छ ।

कतारले जारी द्वन्द्वका निम्ति इजरायल जिम्मेवार रहेको टिप्पणी गरेको छ । लेबनानले हमाससँग ऐक्यबद्धता व्यक्त गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro