देश
काठमाडौं । इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका ५५ जना नेपाली विद्यार्थीको उद्धार गरिएको छ ।
इजरायली सुरक्षा संयन्त्र समेतको सहयोगमा उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।
यसैगरी इजरायलको उत्तरी सिमाना आसपासमा उद्धारको पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीलाई अझ सुरक्षित ठाउँमा सारिएको नेपाली राजदूतावास जनाएको छ ।
गएको शनिबार (असोज २० गते) प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा १० नेपालीको मृत्यु भएको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८० २२:०८
प्रतिक्रिया दिनुहोस्