site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आईसीसी एकदिवसीय विश्वकप : इंग्ल्यान्डको पहिलो जित
SkywellSkywell

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा साविक विजेता इंग्ल्यान्डले पहिलो जित निकालेको छ । ओपनर डेविड मलानको शतक र रिस टोप्लेको कसिलो बलिङप्रेरित इंग्ल्यान्डले मंगलबार बंगलादेशविरुद्ध १३७ रनको फराकिलो जित निकालेको हो ।

भारतको धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसियसन रंगशालामा सम्पन्न खेलमा इंग्ल्यान्डले प्रस्तुत गरेको ३६४ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश ४८.२ ओभरमा २२७ रनमै समेटियो ।

बंगलादेशका ओपनर लिटोन दासले ७६ रन बनाए पनि टिमको हार टार्न सकेनन् । मुसफिकर रहिमले ५१ रन थपे । तोहिद हृदोयले ३९, तक्षिन अहमेदले १५, मेहदी हसनले १४ र सोरिफुल इस्लामले १२ रन बनाए ।

Dabur Nepal
NIC Asia

बंगलादेशलाई सस्तैमा समेट्न इंग्ल्यान्डका रिस टोप्लेले चार विकेट लिए । १० ओभर बलिङ गरेका टोप्लेले एक मेडन राख्दै ४३ रन खर्चिए । क्रिस वोक्सले दुई विकेट लिए । साम करन, मार्क उड, आदिल राशिद र लियम लिभिङस्टोनले समान एक विकेट हात पारे ।

त्यसअघि, मलानले शतक बनाएपछि टस हारेर ब्याटिङमा आएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३६४ रनको योगफल खडा गरेको थियो ।

इंग्ल्यान्डका ओपनर मलानले १०७ बलमा १६ चौका र पाँच छक्कासहित १४० रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा मलानको यो छैटौँ शतक हो । अर्का ओपनर जोनी बेरेस्टोले ५९ बलमा आठ चौकासहित ५२ रन जोडे । यी दुईले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।

जोए रुटले ६८ बलमा आठ चौका र एक छक्कासहित ८२ रन बनाए । रुट र मलानले पनि दोस्रो विकेटका लागि १५१ रनको साझेदारी गरेका थिए । कप्तान जस बटलर र ह्यारी ब्रुकले समान २० रन थपे । क्रिस वोक्सले १४ रन जोड्दा साम करन र आदील रासिदले समान ११ रन बनाए ।

बंगलादेशका मेहदी हसनले चार विकेट लिए । आठ ओभर बलिङ गरेका हसनले ७१ रन खर्चिए । सोरिफुल इस्लामले तीन विकेट लिँदा तक्षिन अहमेद र साकिब अल हसनले समान एक विकेट हात पारे ।

प्रतियोगितामा पहिलो जित निकालेको इंग्ल्यान्ड दुई अंकसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । इंग्ल्यान्ड भने पहिलो खेलमा न्युजिल्यान्डसँग नौ विकेटले पराजित भएको थियो ।

प्रतियोगितामा पहिलो हार बेहोरेको बंगलादेश समान दुई अंकसहित तालिकाको छैटौँ स्थानमा छ । यसअघि, पहिलो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu