site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बुटवल लुम्बिनीको गोलकिपरमा आइभेरी कोस्टका कोउसी क्रिस्टियन

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि बुटवल लुम्बिनी फुटबल क्लबले आइभेरी कोस्टको गोलकिपरलाई भित्र्याएको छ ।

बुटबल लुम्बिनीले मंगलबार सामाजिक सञ्जालमार्फत आइभेरी कोस्टका कोउसी क्रिस्टियनसँग सम्झौता गरेको जनाएको हो । क्रिस्टियन आइभेरी कोस्टको यू–१९ र यू–२३ राष्ट्रिय टिमका पूर्वखेलाडीसमेत रहेको लुम्बिनीले जनाएको छ ।

नेपाल सुपर लिगको दोस्रो संस्करण मंसिर ८ गतेदेखि सुरु हुँदै छ । पुस १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको यस संस्करणमा बुटवल लुम्बिनी एफसीसहित नौ टिमको सहभागिता छ ।

यसअघि, पहिलो संस्करणमा ६ टिमले प्रतिस्पर्धा गरे पनि यस संस्करणमा झापा एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगञ्ज युनाइटेड एफसी गरी तीन नयाँ टिम थपिएका छन् । प्रतियोगिताको पहिलो संस्करण काठमाडौं रेजर्सले जितेको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro