site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा उपसमितिले बुझायो प्रतिवेदन

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रहेका अहसमति कम गर्न गठित उपसमितिले प्रतिवेदन बुझाएको छ ।

कानुन, न्याय तथा मानवअिधकार समितिबाट गठित उपसमितिले समिति सभापति बिमला सुवेदीलाई प्रतिवेदन बुझाएको हो । उपसमितिले सरकारले प्रस्तुत गरेको विधेयकमा १२ बुँदे संशोधन, चारबुँदे सहमति हुन बाँकी रहेका विषयसहितको प्रतिवेदन बुझाएको हो ।

Dabur Nepal
NIC Asia

विधेयकमा विवादित रहेका गम्भीर मानवअधिकार उल्लंघनको विषयमा सहमति जुट्न नसकेपछि उपसमितिले ‘थप छलफलबाट टुंगोमा पु¥याउनुपर्ने’ विषयकै रुपमा चारवटा बुँदा राखेर प्रतिवेदन बुझाएको हो ।

स्वेच्छाचारी रूपमा क्रुरतापूर्वक गरिएको हत्या/दोहोरो भिडन्तबाहेक गरिएको हत्यामध्ये कुनलाई मानवअधिकारको गम्भीर उल्लंघनमा राख्ने भन्ने विषय, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरूको कसरी सम्बोधन गर्ने, मानवअधिकार उल्लंघनको घटनामा मेलमिलापको लागि पीडितको स्वतन्त्र सहमति नभएमा गर्ने नगर्ने, घटी सजाएका सम्बन्धमा आधार र कारण खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत नै तोकेर जाने भन्ने जस्ता चार प्रश्न भने उपसमितिले प्रमुख राजनीतिक दल र सरोकारवालालाई प्रश्नकै रुपमा छोडिदिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro