site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संक्रमणकालीन न्याय : यौनजन्य हिंसा तथा जबरजस्ती करणीबारे छानबिन गर्न छुट्टै इकाइ राख्ने प्रस्ताव
फाइल तस्बिर।

काठमाडौं । सत्यनिरूपण तथा मेलमिलाप आयोगमा यौनजन्य हिंसा तथा जबरजस्ती करणीका घटनाको छानबिन गर्न छुट्टै इकाइ राख्ने प्रस्ताव गरिएको छ ।

कानुन समितिले गठन गरेको शान्ति प्रकृयाको बाँकी काम सम्पन्न गर्न तयार पारेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा ६ वटा इकाइ राख्ने गरी उपसमितिले प्रतिवेदन तयार पारेको छ ।

Dabur Nepal
NIC Asia

प्रतिवेदनअनुसार मूल ऐनको धारा ३१ क र ख थप्ने प्रस्ताव छ । प्रस्तावअनुसार ३१ ‘क’मा इकाइ राख्ने भनी उल्लेख छ । जसमा सत्य अन्वेषण तथा छानबिन इकाइ, परिपूरण इकाइ, मानवअधिकारको गम्भीर उल्लंघनसम्बन्धी घटना अनुसन्धान इकाइ रहेका छन् ।

यस्तै, यौनजन्य हिंसा तथा जबरजस्ती करणीका घटनाको छानबिन गर्न पनि इकाइ राख्ने, पीडित समन्वय इकाई र तोकिएबमोजिम अन्य इकाइ रहने उल्लेख छ ।

पीडितहरुलाई अधिकारसम्बन्धी विशेष व्यवस्था गरिने मूल ऐनको ३१ ‘ख’मा थप हुने प्रतिवेदनमा लेखिएको छ ।

“यस ऐनमा अन्यत्र उल्लिखित अधिकारका अतिरिक्त पीडितलाई अपराधपीडित संरक्षण ऐन २०७५ को परिच्छेद–२ मा उल्लिखित अधिकार समेत प्राप्त हुनेछ,” प्रतिवेदनमा लेखिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro