काठमाडौं । इजरायलले प्यालेस्टाइनी आतंकवादी समूह हमासको नियन्त्रणमा रहेको गाजालाई पूर्णरूपमा घेराबन्दी गर्न निर्देशन दिएको छ । सोमबार इजरायलका रक्षामन्त्री योभ ग्यालान्टले गाजातर्फ बिजुली, खाद्यान्न र इन्धनको आपूर्ति रोक्नसमेत आदेश दिएका छन् ।
इजरायलले गाजा नजिक रहेका आफ्ना नागरिकलाई आफ्नो नियन्त्रणमा लिएको बताएको छ । तर, विद्रोहीहरू अझै पनि सक्रिय रहेकाले इजरायलले धेरै ठाउँमा आफ्नै भूमिमा हमासविरुद्ध लडिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
शनिबार बिहान हमासले गरेको आक्रमणमा परी इजरायलमा १० नेपालीसहित ७०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । जसमा २६० जना एक संगीत समारोहमै मारिएका थिए ।
दर्जनौँ व्यक्तिको अपहरण गरिएको र धेरैलाई गाजामा लगिएको बताइएको छ । इजरायलको जवाफी हमलामा गाजामा ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
बीबीसीबाट ।