site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायलबाट नेपाल आउन चाहनेलाई छिटो उद्धारका लागि पहल गर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले इजरायलबाट नेपाल आउन चाहनेलाई छिटो उद्धारका लागि पहल गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको माओवादी संसदीय दलको बैठकले इजरायलमा मृत्यु भएकाहरूको शव छिटो ल्याउन र नेपाल आउन चाहनेलाई छिटो उद्धारका लागि सरकारसमक्ष पहल गर्ने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले इजरायल घटनामा घाइतेको उचित उपचार र मृत्यु भएकाको शवका साथ उद्धारका लागि पर्खाइमा रहेका नेपालीहरूलाई छिटो स्वदेश ल्याउन आवश्यक तयारी भइरहेको जानकारी गराएका थिए ।

त्यस्तै, संसदीय दलको बैठकले शिक्षासम्बन्धी विधेयकमा गठबन्धनबीच छलफल गरेर संशोधन प्रस्ताव दर्ता गराउने निर्णय गरिएको संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

बैठकले सरकारको निमन्त्रणामा संयुक्त राष्ट्र संघका महासचिव नेपाल आउने र आगामी २७ गते शनिबार संघीय संसद्लाई सम्बोधन गर्ने भएकाले आवश्यक तयारी गर्ने निर्णय गरेको उनले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro