site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजावादीसँग सवालजवाफ गर्ने होइन, राजनीतिक दलहरू सच्चिनुपर्छ : रघुजी पन्त
फाइल तस्बिर।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले राजनीतिक दलहरु सच्चिनुपर्ने बताएका छन् ।

गणतन्त्रविरुद्ध बोल्ने राजावादीहरुसँग सवालजवाफ गर्नेभन्दा पनि गल्ती गर्ने राजनीतिक दल र त्यसका नेताहरु सच्चिएर अघि बढनुपर्ने उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद पन्तले राजनीतिक दलहरुले जनतालाई पुनर्विश्वास दिलाउनुपर्ने धारणा समेत राखे ।

“राजावादीहरुसँग सवालजवाफ गरेर मात्रै पुग्दैन । लोकतन्त्रमा हामीले आफू सच्चिनुपर्छ । जो गल्ती गरेका छन्, ती नेताहरु सच्चिनुपर्छ,” उनले भने, “पार्टीहरुले सच्चिनुु पर्छ । दलहरु जनताको छेउमा जानुपर्छ । दलहरुले जनतालाई पुनर्विश्वास दिलाउनुपर्ने आवश्यकता छ ।”

सांसद पन्तले राजनीतिक दलहरुले जनताको बीचमा जाने कामलाई तीव्रता दिनुपर्ने पनि बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १८:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro