site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इजिप्टमा गोली हानेर दुई इजरायलीको हत्या
Sarbottam CementSarbottam Cement

काठमाडौं । इजिप्टमा एक प्रहरीले गोली चलाउँदा दुई इजरायली र एक इजिप्टियन नागरिकको मृत्यु भएको छ । इजिप्टको आन्तरिक मन्त्रालयका अनुसार भूमध्यसागरीय सहर अलेक्जान्ड्रियामा ती प्रहरीले गोली चलाएका हुन् ।

इजिप्टको सुरक्षा एजेन्सीसँग निकट सम्बन्ध रहेको एक्स्ट्रा न्युज टेलिभिजन च्यानलले घटनामा एक अर्का व्यक्ति घाइते भएका जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

घटनामा संदिग्धलाई नियन्त्रणमा लिइएको छ । पर्यटकीयस्थल ठानिएको आक्रमण भएको स्थानमा तुरुन्तै सुरक्षाकर्मी पुगेका थिए ।

इजरायलको खोज तथा उद्धार सेवा जाकाले अलेक्जान्ड्रियामा दुईजनाको मृत्यु भएको जनाएको छ । इजरायल र प्यालेस्टिनबीच लडाइँ चलिरहेका बेला यो घटना भएको हो । घटना किन र कसरी भयो भन्ने पूर्ण जानकारी आउन बाँकी छ । एपीबाट ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement