site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दसैँमा दंगा हुन नदिन पहल लिऔँ : सांसद चौधरी
फाइल तस्बिर ।

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले दसैँमा कुनै किसिमको दंगा हुन नदिन सांसदहरूले भूमिका खेल्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले दसैँलाई आ–आफ्नो किसिमले मनाउने परम्परा रहेको उल्लेख गरे । सोहीअनुरूप मनाउन आग्रह गर्नुपर्नेमा उनले जोड दिएका हुन् ।

Argakhachi Cement Island Ad

उनले दसैँका बेलामा कुनै दंगा हुन नदिन सांसदहरूले पहल गर्नुपर्ने बताए । सांसदहरूले स्थानीय प्रशासनसँग समन्वय गर्नुपर्ने उनको भनाइ छ ।

“आ–आफ्नो किसिमले दसैँ मनाउने परम्परा भएको नाताले दसैँको बेलामा माननीय सदस्यज्यूहरूले आ–आफ्नो क्षेत्रमा सबै जातजातिलाई आफ्नै किसिमले मनाउनको लागि जिल्ला प्रशासन प्रमुखलाई सल्लाह गरेर त्यहाँ दंगाका कुराहरू अगाडि नबढून्,” उनले भने, “त्यसलाई सहज ढंगले अवतरणका लागि हामी माननीय सदस्यहरूले पहल गर्नुपर्छ ।”

जनतामा धार्मिक विखण्डन गराउन खोजिएको भन्दै उनले यसको जिम्मेवारी सरकारले मात्र नभएर सांसदहरूले पनि लिनुपर्ने बताए ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्