site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देशबाट भाग्नुपर्ने स्थिति आउनुभन्दा अगाडि नै नयाँ सम्झौता गरौँ : लिङदेन
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले संघीयता देशका निम्ति आवश्यक नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले संघीयतालाई अब घिसारेर लैजान नसकिने भन्दै रक्तपात र दबाबबिना सल्लाह गरेर राजतन्त्र पुनःस्थापना गर्न राजनीतिक दलहरूलाई आग्रह गरे । नयाँ सहमति नगरे र दलहरू नसच्चिए अब जनदबाबको आँधीबेरीको तयारी राप्रपाले गर्ने उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले राजनीतिक दलका नेताहरूलाई देशबाट भाग्नुपर्ने स्थिति आउनुभन्दा अगाडि सच्चिन चेतावनी दिए ।

राप्रपाले देशको नेतृत्व नगरेसम्म यहाँ गरिखाने वातावरण सिर्जना नहुने उनको भनाइ छ । उनले दसैँतिहार सकिएपछि आन्दोलनको आँधीबेरी सिर्जना गर्ने गरी अघि बढ्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए ।

Global Ime bank

“यो अभ्यासको डेढ दशकभन्दा बेसी समयले बतायो– संघीयता देशको लागि आवश्यक चिज होइन । अब यही चिजलाई घिसारेर लैजान सकिँदैन भन्ने कुरा तपाईंहरूलाई पनि थाहा छ । त्यसकारण रक्तपातबिना, दबाबबिना, तपाईंहरूले भाग्नुपर्ने परिस्थिति नआईकनै सल्लाह गरेर मिलाऊँ । र, बाटो फेरौँ । र, नयाँ सहमति बनाऔँ,” उनले भने, “आज पनि भन्न चाहन्छु– यदि, यो दलहरूमा अलिकति मात्रै पनि बुद्धि बाँकी छ, देशप्रति प्रेम अलिकति मात्रै पनि छ भने अब नयाँ सम्झौतामा जानुपर्छ । नयाँ व्यवस्थामा जानुपर्छ । देशलाई दुर्घटनामा जान दिनु हुँदैन । होइन, दलहरू सच्चिँदैनन् र उनीहरू नयाँ सम्झौताको लागि तयार हुँदैनन् भने अब जनदबाबको आँधीबेरीको तयारी गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको दायित्व हुन्छ, तपाईं–हाम्रो हुन्छ । देशको यो अवस्थामा हामी मूकदर्शक भएर बस्न सक्दैनौँ । राप्रपा अब यो देशको नागरिकको सुरक्षाका लागि, देशको पहिचानको रक्षाका लागि सर्वांगीण रूपमा भन्ने हो भने निजी क्षेत्रको सुक्षाको लागि, देशको अर्थतन्त्र सुधारमा होस् वा हाम्रो जीवनकालमै देशमै गरिखाने वातावरण बनाउन होस्, अब हामी अघि बढ्छौँ । राप्रपा पार्टीले अब नेतृत्व गर्छ । त्यसका लागि सबै साथी तयार र सक्रिय हुन आग्रह गर्छु । संगठन बनाउँदै जाने र दसैँतिहार सकिएपछि आन्दोलनको आँधीबेरी सिर्जना गर्ने गरी अघि बढ्छौँ । चुप लागेर बस्ने छुट र सुविधा छैन ।”

अध्यक्ष लिङदेनले भ्रष्टाचारविरुद्ध आफूहरू सडकमा उत्रिने बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement