site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीका मुख्यमन्त्री कार्कीले दिए राजीनामा

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका छन् । शनिबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

विश्वासको मतका निम्ति प्रस्ताव प्रस्तुत नगरी मुख्यमन्त्री कार्कीले राजीनामाको घोषणा गरे । उनले विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान गरिएको थियो । आफ्नो पक्षमा बहुमत पुग्ने अवस्था नदेखेपछि उनले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेबारे शनिबारै दिउँसो उनले नेकपा (एमाले) कोसी प्रदेशसभा संसदीय दलको बैठकमा जानकारी गराएका थिए ।

विश्वासको मत नपाए संविधानको धारा १६८ (५) अन्तर्गत सरकार बनाइँदा कार्कीले पुनः मुख्यमन्त्रीमा दाबी गर्न नपाउने दलका सांसदले सुझाव दिएका थिए ।

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले संविधानको धारा १६७ (३) अन्तर्गत बनेको सरकारले विश्वासको मत पाउन नसके पुनः १६८ (५) अन्तर्गत मुख्यमन्त्रीमा दाबी गर्न नसकिने बैठकमा जानकारी गराएका थिए ।

सर्वोच्च अदालतको परमादेशपछि गएको भदौ २२ गते कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

अब संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन प्रक्रिया सुरु हुनेछ । बहुमत पुर्‍याउन सक्ने प्रदेशसभाका सदस्य मुख्यमन्त्री बन्न सक्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro