site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नबिल बैंक र बीईईएनबीच ऊर्जामैत्री भवन निमार्णसम्बन्धी सम्झौतामा हस्ताक्षर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नबिल बैंकले बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल (बीईईएन–प्रोजेक्ट)सँग एक समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेको छ । इनर्जी इफिसियन्सी इन नेपाल उर्जामैत्री र दिगो आवासको प्रवर्द्धन लागि युरोपियन युनियन (ईयू)को सहयोगमा सञ्चालित योजना हो ।

सम्झौतासँगै नबिल बैंक र बीईईएन–प्रोजेक्ट नेपालमा दिगो र जलवायु अनुकूल भवन डिजाइनको प्रवर्द्धनमा काम गर्न सहमत भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र बीईईएन–प्रोजेक्टका योजना प्रमुख ड्यानियल नेयरले एमओयूमा हस्ताक्षर गरेका थिए ।

ऊजौमैत्री एवं दिगो भवन निर्माणले वातावरणमा फाइदा गर्ने मात्र नभएर, समुदाय र आर्थिक चक्रमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

Global Ime bank

दिगो आवासको प्रवर्द्धन र सचेतनाका लागि नबिल बैंकले ‘सस्टेनेबल हाउसिङ लोन’ ल्याएको छ । यस्तै, बीईईएनले यस किसिमका आवासीय भवन निमार्णका लागि प्राविधिक सहायता प्रदान गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC